Posts

रवि लामिछानेको नेतृत्वमा अब ग्यालेक्सी टिभी

Image
  केही समयअघि न्युज २४ टिभी छाडेका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले नयाँ टिभी च्यानल ल्याउने घोषणा गरेका छन्। राजधानीको एक तारे होटलमा भएको ग्यालेक्सी फोर के टेलिभिजन लञ्चिङ कार्यक्रममा प्रशारण हुने कार्यक्रमहरुको बारेमा पनि जानकारी दिइएको छ ।  जस अन्तरगत रवि लामिछानेको सिधा कुरा देखि राजेश हमालले को बन्छ करोडपतिसम्मका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यद्यपी सिधा कुरा कार्यक्रम भने तत्काल सञ्चालनमा आउने छैन् । सिधा कुरा प्रशारणमा नआउँदासम्म कामका कुरा लामिछानेले सञ्चालन गर्नेछन् । यस्तै दीपकराज गिरीको क्राइम प्याट्रोल नेपाल कार्यक्रम चलाउने भएका छन् ।  यसैगरी रमेश प्रसाइँले लाल मोहर कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइएको छ । कवि नवराज पराजुलीले फरएभर र रियालिटी शो सा रे ग म लिल चाम्स पनि सो टिभीबाट प्रशारण हुने जानकारी कार्यक्रम मार्फत दिइएको छ ।